चिनियाँ रक्षामन्त्री वेई १४ गते नेपाल भ्रमणमा आउने, नेकपाका नेताहरुलाई अलग-अलग भेट्ने

चिनियाँ रक्षामन्त्री वेई फेङ्हे मंसिर १४ गते नेपाल भ्रमणमा आउने भएकाछन् । उनको यो भ्रमणलाई भारतीय गुप्तचर निकाय र सैनिक भ्रमणको विषयसँग जोडेर हेर्न थालिएको छ । आन्तरिक बिवाद र फुटको संघारमा पुगको सत्तारुढ नेकपाको बिबाद मिलाउन सक्रिया रहेकी काठमाडौ स्थित चिनियाँ राजदूत हाउ याङ्छीको सुझावका आधारमा रक्षामन्त्री नेपाल भ्रमणमा आउन लागेको देखिएको छ । मंसिर १३ गते हुने नेकपा केन्द्रीय सचिवालय बैठकको भोलिपल्ट आउन लागेका रक्षामन्त्रीले नेकपाको आन्तरिक किचलो थाहा नपाउन भन्नका लागि अहिले पार्टी हेर्डक्वार्टरका नेताहरु सक्रिय भएको बताइन्छ ।
सचिवालयका एक सदस्यले दिएको जानकारी अनुसार १३ गतेको सचिवालय बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको लिखित प्रस्ताव पेश गरिने छ, र त्यसको अध्ययनपछि सम्भवतः मंसिर १५ गते बैठक बसेर त्यसमा छलफल गरिने भन्दै स्थगन हुनेछ । बैठकमा भएका कुराकानीलाई बाहिर नलैजान विषेश कडाई गरिने श्रोतले बतायो। रक्षामन्त्री वेई फेङ्हेले नेकपाका नेताहरुलाई अलग अलग रुपमा भेट्ने र पार्टी र सरकारलाई मिल्न दबाब दिने अनुमान सबैले गरेकाछन् ।
कार्यकारी अध्यक्ष प्रचण्डले यसअघि पेश गरेको राजनीतिक प्रस्तावमा प्रधानमन्त्री एवम् अध्यक्ष ओलीमाथि भ्रष्टाचार, आफन्तवाद, अधिनायकवाद लादेको अभियोग लगाउनुका साथै पद त्यागको आग्रह गरिएको थियो ।

चिनियाँ रक्षामन्त्री वेई फेङ्हे । फोटोः चाइनाडेली.कम

प्रचण्डले उक्त प्रस्ताव फिर्ता लिन ओली पक्षले गरेको आग्रहलाई अस्वीकार गरेपछि ओली सम्बद्ध नेताहरुले उक्त आरोपलाई पुष्टि गर्न चुनौती दिइसकेका छन् । कि आरोप पुष्टि गर होइन भने पदछोड । भन्दै ओलीनिकटस्थहरुले अहिले बिभिन्न सञ्चारमाध्यम मार्फत आफ्ना कुराहरु राखिरहेका छन् । ल्याउन लागेको प्रस्तावमा प्रचण्डविरुद्ध गम्भीर आरोप र अभियोग सामेल गरिने अनुमान पार्टी भित्रै गरिएको छ। जुन कुराले उनलाई निकै अप्ठेरो पर्नेछ । सत्ता र शक्तिमा रहेका शक्तिशाली अध्यक्षले लगाएका अभियोगले ओलीले पार्टी विभाजन गर्ने वा संझौता गरेर अगाडि बढ्ने अबस्थामा आइपुग्ने धेरैले आँकलन गर्न थालेकाछन् । सम्बद्ध स्रोतका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यक्ष प्रचण्डले माओवादी क्यान्टोन्मेण्टमा गरेको भनिएको भ्रष्टाचार अभियागमा मुद्धा दर्ता गराउन सक्नेछ । ओलीलले पार्टी एकतापछिको समझदारी, ओली प्रचण्ड बीचको सहमति र व्यक्तिगत लाभका कुराहरुलाई राजनैतिक प्रतिवेदनमा समावेश गरेर प्रचण्डलाई थिच्ने प्रयाश गर्ने संवद्ध स्रोतको दाबी छ ।