अश्लिल भिडियो बनाइ ब्ल्याकमेलिङ गर्ने पक्राउ

जबरजस्ती करणीको अश्लिल भिडियो बनाई ब्ल्याकमेलिङ गर्ने एक युवक पक्राउ परेका छन्।

सिरहा जिल्लाको कल्याणपुर नगरपालिकाकी २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरी अश्लिल भिडियो बनाइ व्ल्याकमेलिङ गरेको आरोपमा एकजनालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख सन्तु जैसवारले जानकारी दिए ।

भिडियो बनाउने कल्याणपुर नगरपालिका वडा नं. ४ का २० वर्षीय युवक अजय महरालाई पक्राउ गरिएको र जबरजस्ती करणी गर्ने २३ वर्षीय जितन राम अहिले फरार रहेको उनले बताए ।

मंसिर २ गते रातिको समयमा ती महिलालाई सोही नगरपालिका वडा नं. ४ का जितन रामले जबरजस्ती करणी गरेको र उसको साथी अजयले भिडियो खिचेका थिए।

दुवै साथीले बनाएको अश्लिल भिडियो देखाई व्ल्याकमेल गर्दै महिलालाई पटकपटक जबरजस्ती करणी गर्ने योजना बनाएको खबर प्राप्त भएपछि भिडियो बनाउनेलाई पक्राउ गरिएको र फरार भएका अर्का युवकको खोजी भईरहेको सिरहा प्रहरीले जनाएको छ ।