नेकपा ‘हिमाल पारीको संकेतबाट जुट्ने वा पारीको सकृयताबाट फुट्ने’ होइनः योगेश भट्टराई

सत्तारुढ नेकपाका नेता एवम् पर्यटन मन्त्री योगेश भट्टराइले नेपाली कम्युनिष्टहरु घरेलु (नेपाली) बिउ, मल र हावापानीले उम्रिएको, हुर्किएको, बढेको र फैलिएको बताउँदै यतिबेला नेकपाका हरेक सदस्यले अत्यन्त कठिन क्षण भोगिरहेको बताएका छन् । पार्टी विभाजनको संघारमा पुगेका बेला नेता भट्टराईले सामाजिक सञ्जाल मार्फत भनेका छन्ः
नेकपाको बिकास र बिस्तारमा कुनै आयातित मल, बिउ र प्रबिधिको प्रयोग गरिएको छैन । नेकपा जैविक र नेपाली बिशेषताको मौलीक पार्टी हो । यसको बिकास वा बिनास यसैभित्र अन्तरनिहित छ ।
त्यसैगरी उनले नेकपा भित्रको बिवाद समाधानका लागि चिनियाँ राजदुत र भारतीय अधिकारीहरुको सक्रियता बढिरहेका बेला उनले अगाडि लेखेका छन् ः ‘हिमाल पारीको संकेतबाट जुट्ने वा मैदान पारीको सकृयताबाट फुट्ने’ यो मान्यता नेकपाको शरीरमा फीट नहुने सोच वा औषधी हो ।अरु कसैमा यो उक्ति लागु हुनसक्छ । त्यो उनीहरुले नै जान्ने कुरा हो ।
त्यसपागरी उनले अहिले नेकपाका प्रत्येक सदस्यको हातमा पानी छ र अहिले लागेको आगोलाई कार्यकर्ताले निभाउनेछन् । उनी अगाडि लेख्नछन्ः यो सत्यहो अहिले नेकपाको हर सदस्यले सर्वाधिक कठिन क्षण भोगिरहेका छन । यो अवस्थामा प्रत्येक सदस्यका दुई हातमा पानी कि पेट्रोल ? एमाले र माओवादीबिचको एकताबाट बनेको नेकपा बिभाजनको इतिहासलाई क्रमभङग गरी एकताको इतिहास् निर्माणको परिणाम हो ।

पेट्रोलले उर्जा दिन्छ भने पानीले जीवन । अहिले नैं नेपालमा पानीका मुहान सुकेका छैनन्, नेता भट्टराईले भनेका छन् ।

No description available.