दमकमा कोरोना संक्रमणबाट थप एक बृद्धको मृत्यु

झापाको दमक नगरपालिकामा थप एकजना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ।

दमक ९ का ७० वर्षीय बलबहादुर धिमालको बिहीबार बिहान मृत्यु भएको नगरपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ।

कात्तिक १ गते विराटनगरको नोवेल हस्पिटलमा संक्रमण पुष्टि भएका उनलाई केही दिनदेखि बिएण्डसी अस्पताल बिर्तामोडमा राखेर उपचार गरिएको थियो।

खर्चको अभाव र स्वास्थ्य अवस्था जटिल भएपछि उनलाई बुधबार बेलुका दमक नगरपालिकाको कोभिड–१९ हस्पिटलमा ल्याइएको थियो।