पार्टी अध्यक्षले आफूले पनि प्रस्ताव पेश गर्न चाहेको भन्दै समय मागेपछि १० दिनका लागि बैठक स्थगित

धानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा सत्तारुढ नेकपाको सचिवालय बैठक स्थगित भएको छ।

बुधबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको सचिवालय बैठक केही समय बसेर १० दिनका लागि स्थगित भएको थियो।

पार्टी स्रोतका अनुसार बैठकमा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाललगायत असन्तुष्ट समूहले गरेको प्रस्तावलाई इंगित गर्दै आफूले पनि प्रस्ताव लिएर आउन चाहेको र त्यसका लागि समय चाहिने भन्दै १० दिनका लागि बैठक स्थगित गर्न माग गरेका थिए। ‌ओलीको प्रस्तावमा सचिवालयका बहुमत सदस्यले सहमति जनाएको बुझिएको छ।