कमलामाईद्धारा सहकारी संस्थाहरुका लागि व्याजदर निर्धारण, अटेर गरे कानूनी कारबाही गरिने


सिन्धुलीको कमलामाई नगरपालिकाले आफ्नो क्षेत्र भित्रका सहकारी संस्थाहरुले १४.७५ प्रतिशत बढी व्याज नलिन र लिए कारबाही गरिने जनाएको छ । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृृत बिषकसेन ढकालले आज एक सुचनाजारीगर्दे नगरपालिका क्षेत्र भित्रका सहकारी संस्थाहरुले सहकारी ऐन २०७४ को दफा १५ बमोजिम बचत तथा व्याजको अन्तर ६ प्रतिशत भन्दा कम कायम हुनेगरी कर्जा प्रवाह गर्न गराउन अपील गरेको छ ।
विभागले २०७७ कार्तिक १५ गतेदेखी लागुहुनेगरी कर्जा प्रवाहको बढीमा १४.७५ प्रतिशतमात्रै व्याज लिन पाउने भन्दै सो कार्यलाई कठाइका साथ लागु गर्न भनिएको छ ।
नगरपालिकाले जारी गरेको सुचनामा कर्जा प्रवाह र व्याजदर लाई कार्यान्वयन गरेर अगाडि बढ्न सबैमा आग्रह गर्नुका साथै त्यसलाई अटेर गरे कानूनी कारबाहीसमेत गरिने जारी सुचना मार्फत बताएको छ ।

No photo description available.