सरकारसँग समन्वय गरेर कोरोनाले थलिएका उद्योगी व्यवसायिलाई माथि उठाउँछुः रामकृष्ण श्रेष्ठ, केन्द्रीय सदस्यका उम्मेदवार, उद्योग वाणिंज्य महासंघ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुलीको उद्योग वाणिंज्य विभागका प्रमुख, सचिवालय सदस्य एवम् नेपाल कपडा तथा सिलाई व्यवसायि महासंघको केन्द्रीय अध्यक्ष रामकृष्ण श्रेष्ठ सिन्धुली जिल्लामा मात्रै नभएर सिंगो नेपालकै कपडा तथा सिलाई व्यवसाय क्षेत्रमा पनि त्यत्तिकै लोकप्रिय हुनुहुन्छ । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी र नेकपा मालेका बीचमा पार्टी एकता भएपछि २०४७ साल पुस महिनामा बनेको नेकपा एमालेको पहिलो जिल्ला कमिटीमा तत्कालिन नेकपा मालेका तर्फबाट सदस्य बन्नुभएको थियो । जिल्ला विकास समिति सिन्धुलीको क्षेत्रीय सदस्यका रुपमा रहेर सिन्धुलीको विकासमा महत्वपूर्ण योगदान दिए । उनले राजनीतिलाई कहिल्यै पेशा र व्यवसायको रुपमा प्रयोग गरेनन् । चन्दा उठाएर, मागेर वा योजनाहरुमा कमिशन खानुभन्दा आफ्नो पेशा व्यवसाय अंगाल्नु पर्छ भन्दै अगाडि बढीरहे । अहिलेको फोहोरी राजनीतिमा त अगाडि आउन सकेनन् तर आफ्नो व्यवसायमा भने उनी निकै सफल देखिएका छन् । त्यही कारणले पनि आसन्न उद्योग बांणिज्य महासंघको महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरिसकेकाछन् । त्यसैको शिलशिलामा प्रदेशखवर डटकमले श्रेष्ठसँग गरिएको लामो कुराकानी । सम्पादक

आसन्न नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रिय सदस्यमा तपाईले उमेदवारी घोषणा गर्नु भएको हो ?

प्रश्नको लागि धन्यबाद । आसन्न उद्योग बाणिज्य महासंको चुनावमा मैले केन्द्रिय सदस्यमा उमेदवारी दिने घोषणा गरेको छु । व्यवसायिहरुसंग छलफल, समन्वय तथा परामर्श गर्ने काम गरि रहेको छु । नेपाल कपडा तथा सिलाई व्यवसायि महासंघको अध्यक्ष हुनुको नाताले देशभरीका कपडा उद्योग सम्बन्धि व्यवसाय गर्ने व्यवसायिहरु, तथा आम व्यवसायिहरुको व्यवसायिक हितको लागि र नेपालमा स्वदेशी उत्पादनमा जोड दिन, नेपालमा नै कपडा उत्पादन गर्नु पर्दछ भन्ने मान्यताका साध केन्द्रिय सदस्य पदमा उम्मेदवारी घोषणा गरेको छु ।

महासंघको निर्वाचनमा तपाईका मुख्य–मुख्य एजेण्डा के–के हुन् ?

समग्रतामा हेर्ने हो भने राष्ट्रको समृद्धिको प्रमुख आधार निजी क्षेत्र हो । कोरोनाको कारण पनि निजी क्षेत्रलाई धारासायि बनाउने अवस्था रहेको छ । सिंगो रुपमा निजिी क्षेत्रलाई बचाएर पुनःस्थापनाका लागि भुमिका खेल्नु पर्दछ भन्ने मेरो धारणा हो । राज्यको आय स्रोत, रोजगारी र सिपको आधार निजी क्षेत्र नै हो । अहिले विदेशमा युवाहरु रोजगारीका लागि जाने जुन परिपाटि विकास भएको छ त्यसलाई निरुत्साहित गर्न पनि नेपालमा नै उद्योग कलकारखानाहरु स्थापना गर्नु पर्दछ भन्ने मेरो उद्धेश्य हो । सरकारसँग समन्वय गरेर कोरोनाले थलिएका उद्योगी व्यवसायिलाई माथि उठाउँछु। कोरोनाका कारण बैंकको लोन तिर्न नसकेको अवस्था छ, घर भाडा तिर्न नसकेको अवस्था छ, तलव दिन नसकेको अवस्था रहेको छ । यस्ता समस्याहरु समाधान गर्नु पर्दछ ।

उद्योग व्यापार महासंघ र सरकार बीचको सत्ता पक्ष र प्रतिप्रक्षको जस्तो सम्बन्ध देखियो । संधै किन यस्तो भइरहन्छ नि ?

सम्बन्ध नराम्रो छैन । सरकारले निजि क्षेलाई प्रोत्साहन गरे राज्य समृद्धि तर्फ अघि बढ्ने हो । राज्यले यस क्षेत्रलाई हेर्ने दृष्टिकोणलाई परिवर्तन गर्नु पर्दछ । सरकार परिवर्तन भएपनि निजि क्षेत्रलाई हेर्नै दृष्टिकोण परिवर्तन नहुन सक्दा कहिले काहि यस्ता विषयहरु बाहिर चर्चामा आउने गर्दछन् । तर सरकार र निजि क्षेत्र विच द्धन्द्ध छैन् ।

तपाई नेपाल कपडा तथा सिलाई व्यवसायि महासंघको अध्यक्ष हुनुहुन्छ । द्धन्द्धको समयमा गार्मेन्टहरु बन्द भए । नेपाली उत्पादनलाई अन्तराष्ट्रिय बजारमा पु¥याउने तपाईको योजनाहरु के के छन् ?

हिजोका दिनमा गामेन्टहरु खुलेका थिए । युरोप अमेरिका लगाएतका देशमा निर्यात हुने गरेको थियो । सवै हाम्रा कारणले मात्र गार्मेन्ट उद्योगहरु बन्द भएका हैनन् । यहाँ अन्तराष्ट्रिय कारणहरु पनि छन् । सरकारको नितिगत कुराले पनि बन्द भएको हो । सिलाई व्यवसायिका समस्या, मजदुरका समस्या त थिए । अहिले पछिल्लो समयमा सिलाई संग सम्बन्धित व्यवसायहरुमा उतरचडाव छ । यसले समृद्धि मुखि, सिप र रोजगार मुखि र जीविकोपार्जन गर्न सक्ने व्यवसाय पनि हो । महासंकले धेरै समस्याहरु समाधान गर्दै अघि बढि रहेको छ । कोभिड–१९ ले यस व्यवसाय सञ्चालन गर्नेलाई समस्या बनाएको छ । हामीले व्यवसायिहरुलाई प्रोत्साहन गर्ने काम गरि रहेका छौ ।

जिल्लामा उद्योग स्थापना गरेर सयौ युवालाई रोजगारी दिन सकिने सम्भावना रहेको छ । तर त्यस्ता उद्योग स्थापना हुन सकि रहेको छैन । तपाई निर्वाचित भएपछि सिन्धुली जिल्लाकै लागि के गर्नु हुन्छ ?

अहिले तीन वटा तह छन् । उद्योगलाई विकेन्द्रिकरण गर्नु प¥यो । जिल्ला जिल्लामा उद्योग स्थापना गर्नु प¥र्यो । स्थानीय तहले स्वरोजगार खालका व्यवासय सञ्चालन गरि रहेको छ । एक दुई जनालाई रोजगारी दिने खालका कार्यक्रम सञ्चालन गरि रहेका छन् । स्थानीय तहले २०÷५० जनालाई रोजगारी दिन सकि रहेको अवस्था छैन । स्थानीय उत्पादन गरे पछि स्थानीय तहले कर लगाउछन् नी । दुरदृष्टिता स्थानीय तहले देखेको अवस्था छैन् । सहुलियत लोनमा स्थानीय तहहरुले युवाहरुलाई लोन वितरण गर्दै आएको छ । जिल्ला–जिल्लामा परिस्थिती, अवस्था र माग अनुसार उद्योग स्थापना गर्नु पर्दछ । स्थानीय रुपमा खपत हुनु पर्ने ठुल–ठुला उद्योगहरु स्थापना गर्न सकिन्छ । औधोगिक क्षेत्रका व्यक्ति, व्यवसायिको मात्र चासो भएर भएन । यसमा स्थानीय तहले पनि चासो देखाउनु प¥र्यो । स्थानीय तहले बाताबरण बनाईदिएपछि उद्योग स्थापना गर्न असम्भव छदै छैन । स्थानीय सरकारहरुले ठुला उद्योग स्थापना गर्ने खालका नीति ल्याउन जरुरी छ । यसले एउटै उद्योगबाट हजारौ युवाले रोजगारी पाउने अवस्था हुने छ । यसले स्थानीय तहको पनि आय स्रोतमा समेत बृद्धि हुनेछ । स्थानीय सरकार क्रियाशिल र हातेमालो गर्न तयार हुनु प¥र्यो । एउटा व्यक्तिले आफै रोजगारी सिर्जना गर्न सक्छ तर उस्ले रोजगारी सिर्जन ागर्न पक्कै सक्दैन । त्यसैले स्थानीय तहहरुले साना उद्यामी, मझौला उद्यमी, ठुला उद्योगिहरुलाई एकै साथ लिएर अघि बढ्यो भने रोजगार र आर्थिक समृद्धि तर्फ स्थानीय सरकारहरु अघि बढ्न सक्दछन् ।

अन्तमा आम व्यवसायी र मतदाताहरुलाई के सन्देश दिन चाहानु हुन्छ ?

निर्वाचन एउटा विषय हो । यसमा एउटा पक्ष र अर्को विपक्ष भई हाल्छ । उद्योग बाणिज्य महासंघको केन्द्रिय सदस्यमा उम्मेदवार बनि रहदा यस कठिन खालको परिवेशमा आफ्नो पेशा व्यवसाय सञ्चालन गरि रहनु भएको छ । समस्याहरु धेरै सिर्जना भएका छन् । तर कमजोर हुन आवश्क छैन । भोलिका दिनमा राज्यसंग पहल गरेर उद्योग बाँणिज्य क्षेत्रमा देखिएका समस्याहरुको समाधान गर्न व्यवसाय सञ्चालनका लागि सहुलियत कर्जा प्रवाह गर्न विषेश पहल गर्नेछु ।

No description available.