जेष्ठ नागरिकलाई दशैं खर्च बितरणगर्दै कमलामाई नगरपालिका

सिन्धुलीः कमलामाई नगरपालिका वडा नं. ७ का अध्यक्ष कर्णबहादुर घिसिङले घर
भित्र रहेकी १ सय वर्षीया मनमायाँ तामाङलाई बोलाउँदा को हो हँ ? भन्दै
ठमठम हिंडेर बाहिर निस्किइन् ।
हामी त तपाईलाई दश खर्च दिन आएका हौं भनेपछि उनले नचिनेर होला वडा
अध्यक्ष घिसिङलाई नियालेर हेरिन । ए बाबु पो रहेछ , त्यसपछि घिसिङले उहाँ
मेयरसाप खड्गवहादुर खत्री । पहिला तपाईको घरमा आउनु भएको थियो,
चिन्नुभयो ? आफ्नै वडाको मान्छेलाई पनि किन नचिन्नु ? उनले भनिन् । ,
त्यती कुरा हुनासाथ नगरप्रमुख खड्गबहादुर खत्रीले उनलाई गम्छाले सम्मान गर्नुभयो ।
अनि आमालाई दसौं खर्च भन्दै १५०० रुपैयाँ नगद सहित एक थान कम्बल, टर्च
लाइट, छाता, हर्लिक्स क्रमश हातमा थमाई दिनुभयो ।
ती सबै सामाग्रीहरु पाएपछि खुशी हुँदै उनले भनिन्ः सुर्यमा भोट दिएर
जिताएको तिमीहरुलाईनैं त हो । म जस्ता बुढा बुढीलाई यसरी सहयोग
गरेकोमा धेरै खुशी लागेको छ । यस्ता दयालुहरुले सँधै जितिरहनु । उनको
कुरा सकिनासाथ नगरप्रमुख खत्रीले भन्नुभयोः हामी तपाईहरुको मायाँले यहाँसम्म
आइपुगेका छौं, तपाईको मतको कहिल्यै पनि अबमूल्यन हुन दिने छैनौं ।
वडा अध्यक्ष एवम् कमलामाई नगरपालिकाका प्रवक्तासमेत रहनु भएका घिसिङले
शनिवारबाट प्रारंभ भएको वडादशैं भित्रै १ सय वर्ष उमेर पुगेका वृद्ध बृद्धालाई
सम्मानसहित सम्पूर्ण सामाग्रीहरु बितरण गरिने बताउनु भयो ।

Image may contain: one or more people and outdoor