काठमाडौं उपत्यकामा थपिए ३ हजार १ सय ७ जना कोरोना संक्रमित

microbiologist with a tube of blood analyzed under a microscope and contaminated by Coronavirus with label covid-19

पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा ३ हजार १ सय ७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधबार काठमाण्डौमा २ हजार ३ सय ९१, भक्तपुरमा १ सय ७३ र ललितपुरमा ५ सय ४३ जनामा सङ्क्रमण देखिएको हो ।

त्यस्तै बुधबार देशैभर २० हजार १ सय १८ जनाको पीसीआर परीक्षण भएकोमा ५ हजार ७ सय ४३ जनामा सङ्क्रमण पुष्टि भएको छ । बुधबार थपिएकासँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या एक लाख ४४ हजार आठ सय ७२ पुगेको छ ।