नवनियुक्त मन्त्रीको शपथ भोलि बिहान

प्रधानमन्त्री निवास वालुवाटारः फाइल फोटो, प्रदेशखवर

बुधबार नियुक्त भएका तीनजना मन्त्रीको शपथ ग्रहण बिहीबार बिहान ११ बजे हुने भएको छ।

राष्ट्रपति कार्यालयका अनुसार बिहीबार बिहान शपथ ग्रहणका लागि तयारी गरिएको छ।

संवैधानिक व्यवस्थाअनुसार मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवि भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने छिन्। बुधबार साँझ नेकपा महासचिव समेत विष्णु पौडेल अर्थमन्त्री नियुक्त भएका थिए।

त्यस्तै शहरी विकास मन्त्री नेकपा सांसद कृष्णगोपाल श्रेष्ठ र लीला श्रेष्ठलाई महिला बालबालिका तथा सामाजिक विकास मन्त्रीमा नियुक्त गरिएको छ।

महिला बालबालिका मन्त्री पार्वत गुरुङलाई सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ।