पछिल्लो २४ घण्टामा ४२ जनामा संक्रमण, सिन्धुलीमा कोरोना संक्रमितको संख्या १८२ पुग्यो

microbiologist with a tube of blood analyzed under a microscope and contaminated by Coronavirus with label covid-19

सिन्धुली: सिन्धुलीमा आज थप ४२ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । ११८ जनाको श्वाव परिक्षण गर्दा ४२ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र शाहका अनुसार संक्रमण हुनेमा क्वारेन्टाइनमा बसेका र कन्ट्रयाक टे«सिङमा परेका व्यक्तिहरु कोरोना भाइरस बाट संक्रमित भएका छन् । अझै जिल्लामा १ सयको संख्यामा नतिजा आउन बाँकी रहेको छ ।
आज संस्थागत क्वारेन्टाईनमा ५० जना, होम क्वारेन्टाईनमा ५ जना रहेको शाहले जानकारी दिनुभयो । एपोलो अस्पतालको आईसोलेसनमा १९ जना उपचाररत सन्क्रमितहरु रहेको, होम आईसोलेसनमा ४७ जना संक्रमितहरु बसिरहेका छन् । सिन्धुलीमा हाल सम्म १८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने अव २१५ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।