महँगाेमा सामान बेच्नेलाई दुई लाख जरिवाना

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जले हेटौँडाका तीन पसललाई कारवाही गरेको छ।

कार्यालयले गरेको अनुगमनको क्रममा बढी मूल्यमा सामान बिक्री गर्ने तीनवटा पसललाई कारवाही जरिवाना गरिएको सूचना अधिकारी दिलिप खंग खत्वेले जानकारी दिए।

वाणिज्य कार्यालय वीरगञ्जका प्रमुख जितबहादुर भण्डारीको नेतृत्वमा उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय हेटौँडा, जिल्ला प्रहरी कार्यालय हेटौंडा, र मकवानपुर उधोग वाणिज्य संघको प्रतिनिधिसहितको टोलीले हेटौँडा बजारमा अनुगमन गरेको थियो ।

अनुगमनको क्रममा हेटौँडा ४ मा रहेको घर संसार पसललाई वस्तुको वास्तविक मूल्य भन्दा बढी मूल्य लिई बिक्री गरेकोले २ लाख,राधा कृश्णा खधान्न भण्डारलाई २० हजार र श्री वैधनाथ बाबा खाधान्न भण्डारलाई पनि २० हजार जरिवाना गरिएको खत्वेले बताए।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जको प्रदेश नम्बर २ का आठ र प्रदेश तीनका दुईवटा जिल्ला कार्यक्षेत्र रहेको छ।