जनताको घर आँगनमा गरेका प्रतिवद्धताहरु पुरा हुने चरणमा छन्: वडा अध्यक्ष नबराज थिङ, कमलामाई नगरपालिका-२

तत्कालिन शाही नेपाली सेनाका जागिरे बन्दादेखिनैं उहाँलाई कम्युनिष्ट भन्नेहरु मन पर्थे । व्यारेकमा साथीभाईहरुसँग कुराकानी हुँदोरहेछ । कम्युनिष्टले हाम्रो देशमा धनी र गरिब भन्नेनैं रहँदैन भन्ने लाथ्यो पनि । सेना र प्रहरीबाट कम्युनिष्ट नेता कार्यकर्ता मारिंदा उनको मुटुमा चसक्क दुख्थ्यो । तर तल्ला तहका सैनिकबाट कुनै पनि किसिमका कामहरु हुनै सक्दैनथे । किनकी सेनामा जस्तो चेनअफ कमाण्ड कम्युनिष्ट पार्टीमा बाहेक कहिंकतै हुँदैन भन्ने सुनेका थियौं, त्यस बेलामैं । जागिरको समाप्तीपछि उनले गाउँमा बसेर सामाजिक आन्दलनलाई अगाडि बढाउनु भयो । उहाँले उठाएका मुद्धाहरु जनयुद्धका क्रममा माओवादीले उठाएका मुद्धाहरु थिए । स्थानीय निर्वाचनका बेला गाउँमा उम्मेदवार छान्ने कुरा चल्यो । धेरै साथीले मलाईनैं उठ्नुपर्छ भने । यसले जनताको नाममा आएको बिकास खाँदैन भनेपछि आफु वडा अध्यक्षको उम्मेदवार बनेको उहाँको भनाई थियो । वडा अध्यक्ष थिङसँग प्रदेश सहकर्मीले लामो अन्तरसम्वाद गरेका थिए । सोही अन्तरसम्वादको सम्पादित अंश यहाँ प्रस्तुत
गरिएको छ । –सम्पादक

तपाईहरुले कोरोना संक्रमणका बीचमा नगरपरिषद सम्पन्न गर्नुभयो, आफ्नो वडामा कस्ता कस्ता योजनालाई प्राथमिकता दिनुभएको छ ?

हामीले अन्य स्थानीय तहको भन्दा अलि पृथक ढंगले वडामा विकासका योजनाहरु ल्याएका छौं । कोरोना संक्रमणले थिलथिलो भएको अर्थतन्त्रलाई केही हदसम्म परिपुर्ती गर्नुपर्ने अबस्था त हाम्रा अगाडि थिएनैं । तर भौगोलिक बिकटताको हिसावले पहिलो प्राथमिकतामा पुर्वाधार निर्माणलाई दिएका छौं । विगत वर्षको बाटो घाटोको योजनाहरु अपुरा थिए, त्यसलाई पुरा गर्नुपर्ने दायित्वहरु पनि छन् । केही गाउँमा अझैं पनि बाटो पुगेको छैन । ती गाउँहरुमा बाटो लैजानैं पर्ने हुन्छ । त्यसपछि कृषि र शिक्षा स्वास्थ्य, सिंचाई र विद्युतीकरणलाई क्रमश प्राथमिकिकरण गरेर अगाडि बढाएका छौं । जस जसले हाम्रो वडाको बिकटलाई बुझ्नु भएको छ, थाहा पाउनु भएको छ, उहाँहरुले पनि अहिलेको अबस्थामा पूर्वाधार विकासलाईनैं प्राथमिकता दिनुहुन्थ्यो । त्यसमा पनि आम जनसमुदायको सहमतिमा हामीले वडामा सञ्चालन हुने विकासका योजनाहरुलाई पारित गराएका हौं ।
कोरोना संक्रमणको दैनिक दर मृत्युका श्रृङखलाहरु बढीरहेका अबस्थामा वडाको विकासका योजनालाई कसरी अगाडि बढाउँदै हुनुहुन्छ ?
हामी अहिले अत्यन्त जटिल अबस्थामा पनि छौं । कोरोनो संक्रमणको अबस्थालाई हेर्दा सबैजना त्रसित बनिरहेका पनि छौं । तर डरले मात्रै पुग्दो रहेनछ । हामीले आफ्ना दैनिकीहरुलाई न्यूनतम् स्वास्थ्यका मापदण्डहरु पालना गरेर सुचारु गर्नैपर्छ । हाम्रा काम गराईहरु सचेतता पूर्वक कोरोना रोकथाम र नियन्त्रणका लागि हुनुपर्छ । हामीले लापरबाहीपूर्ण काम ग¥यौं भने हाम्रा काम कारबाहीहरु कोरोना ओसार पसारका साधानहरु हुनसक्छन् भन्ने तर्फ हामी अत्यन्त सेचत बनिरहेका छौं । वडा कार्यालय मार्फत कोरोना संक्रमण बिरुद्ध सचेतना दिने कामलाई निरन्तरता दिएका छौं । जसले गर्दा हाम्रो वडामा अहिलेसम्म कोरोना संक्रमणको जोखिम छैन । जहाँसम्म विकास निर्माण र योजना सञ्चालनका कुराहरु छन्, हामीले अत्यन्त सिमित मानिसहरु मार्फत जनताका विकास निर्माणका कामलाई अगाडि बढाउने सोच बनाइरहेका छौं, जसले गर्दा कोरोना संक्रमणका कारण विकास निर्माण प्रभाबित नबनोस्् ।
तपाई वडा अध्यक्षमा निर्वाचित भएको तीन वर्ष पुरा भएको छ । निर्वाचनका बेला तपाईले जनताको घरमा गएर प्रतिवद्धता गर्नुभएको थियो, ती प्रतिवद्धता त पुरा भएका छैनन् नि ?
निर्वाचनका बेला मैंल जनताको घर आँगनका गरेका प्रतिवद्धताहरु करिव करिव पुरा गर्ने चरणमा छन् । मेरो सबै वडामा बिजुली वत्ती पुग्ने चरणमा छन् । केही ठाउँमा काम भइरहेका पनि छन् । मोटरबाटो अधिकांश गाउँमा पुगिसकेको छ र केही गाउँमा यस आर्थिक वर्षमा पु¥याईसक्ने लक्ष्य राखेको छु । कृषि योग्य क्षेत्रमा सिंचाई कुलो निर्माण भइसकेका छन् भने खानेपानीका ठूला ठूला समस्याहरु हल भएका छन् । समग्रमा भन्नुपर्दा निर्वाचनका बेला उठाएका प्रतिवद्धताहरु ७५ प्रतिशत मात्रै पुरा भएकाछन् । र बाँकी २ वर्षभित्रमा पुरा हुनेछन् ।
अब यो बताई दिनुस् कि तपाई त वडा स्तरमा सरकारको नेतृत्व गर्नुभएको मान्छे । ३ वर्षको दौरानमा के के कुराले तपाईलाई झस्काउँछ र खुशी पनि दिलाउने गर्छ ?
म अलि फरक पृष्ठ भूमिको मान्छे । नेपाली सेनामा जागिर खाएर पेन्सन भएपछि गाउँमा रहेका आर्थिक, सामाजिक र साँस्कृति मुद्धालाई हल गर्न क्रियाशिल थिएँ । त्यही बेला गाउँमा सबैले तिमी चुनावमा उठ्नु पर्छ भनेर सबैले भनेपछि म अहिले यो अबस्थामा उभिएको हुँ । तीन वर्षको यो अबधीमा मैंले जे जे गर्छु भनेको थिएँ, त्यो भन्दा फरक कामहरु पनि गरेको छु । त्यसैले जनतका तर्फबाट काम गराईका क्रममा कुनै पनि अप्ठेरो महशुश भएकै छैन बरु कहिल्यै सडक, गाडी र बिजुली देख्नै पाइँदैन भन्ने सेचेका जनताका गाउँ घर झलमल बन्दा अत्यन्त खुशी लागेको छ । मेरा मतदाता खुशी हुँदा मलाई पनि खुशी त लागिहाल्छ नि ?
प्रसंग बदलौं, तपाई तत्कालिन माओवादी एकताकेन्द्रका तर्फबाट बिजयी बन्नु भएको मान्छे । शाही नेपाली सेनाका जागिरे तपाईले त्यस बेला बुझेको कम्युनिष्ट पार्टी र अहिलेको कम्युनिष्ट पार्टीमा के फरक पाउनु हुन्छ ?
कम्युनिष्ट भनेपछि गरिव, किसान र भूमिहिनहरुको पार्टी हो र यसले मात्रै नेपालको विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्छ । कम्युनिष्टहरु देशको शासन सत्तामा पुगेभने समाजमा रहेको धनी गरिव बीचको खाडल समाप्त हुन्छ भन्ने लाग्थ्यो । जागिरे हुँदापनि हामी तल्ला तहका सैनिकमा कम्युनिष्टहरु प्रति मायाँगर्नेहरु प्रशस्त थिए, तर हाकीमहरु कम्युनिष्टको नामै सुन्न सक्तैनथे । किनकी उनीहरु राजा र राजसंस्थाप्रति बफादार थिए । जव म जागिरबाट रिटायर्ड भएर गाउँमा फर्किएँ । गाउँमा सामन्तहरुको जगजगी थियो । उनीहरु प्रहरी प्रशासनको आडमा गरिव तथा असहायमाथि हेप्ने थिचोमिचो गर्ने गर्दथे भने ती कुराहरु मलाई पटक्कै मन पर्दैनथ्यो । त्यही कारणले म गाउँमा सामाजिक अभियानको एउटा अभिन्न अंग बन्नपुगें । त्यस बेला मैंले कम्युनिष्ट पार्टीमा लागेर समाजका बिकृति बिसंगती र समाजमा ठूला भनिएकाहरुबाट हेपिएका थिचिएका वा दवाइएकाहरुको पक्षमा आवाज उठाउन सकिन्छ, उनीहरुका पिडामा मल्हम लगाउन सकिन्छ भन्ने लाग्थ्यो तर अहिले म आवद्ध भएको कम्युनिष्ट पार्टी त मैंले सोचेजस्तो हुनै सकेन । नेता र कार्यकर्ता बीचमा, केन्द्रदेखी जिल्ला र स्थानीय तहका बीचमा सौहार्द वातावरण बन्नै सकेन । आत्मियता कायमै भएन । आफुलाई केन्द्रमा राखेर गरिने गतिविधीले अहिले सिंगो पार्टी र हामी कार्यकर्ताहरुमा निराशा पैदा गराएको छ ।
तपाईको बिचारमा अहिले नेकपामा के कारणले समस्या आएको हुनुपर्छ ?
अहिलेको मुख्य समस्या भनेको पार्टीभित्र झाँगिंदै गएको गुटबन्दीनैं हो । पहिलाको जस्तो सबैलाई एकै साथ हिंडाउने भन्दा पनि आफ्नै ढंगले चल्न खोज्दा समस्या आएको हुनुपर्छ । यस्तो समस्या धेरैदिन रहँदैन । केही समयपछि ठिक हुन्छ । सबैजना मिल्नै पर्छ । राष्ट्रियता र जनजिविकाको सवालमा सबै नेताहरु एकै ठाउँ उभिनैपर्छ । एकले अर्काको खुट्टा तानेर कोही पनि अगाडि बढ्न सक्तैन र उसले पार्टीलाई पनि हितगर्दैन ।