पार्टीका हाम्रा हरेक गतिविधी सामुहिकतामैं हुनुपर्छ, एकल होइन् : प्रदीप कटुवाल, सचिव नेकपा सिन्धुली

नेकपा सिन्धुलीका अध्यक्ष प्रदीप कटुवाल सिन्धुलीको नेकपाको बवस्थावारे बताउँदै अन्र्तवार्ताका क्रममा । फोटोः बलविर भुजेल, प्रदेशखवर

सिन्धुली जिल्लाको बामपन्थी राजनीतिमा प्रदीप कटुवाल कुनै अपरिचित नाम होइन । निरंकुश पञ्चायत विरोधी आन्दोलनका क्रममा सिन्धुली जिल्लामा गठन भएको बाम मोर्चामा तत्कालिन नेकपा (माले) का तर्फबाट सदस्यका रुपमा आन्दोलनको मोर्चामा सरिक भएका थिए । शिक्षण पेशामा संलग्न रहेका उनी सिन्धुली जिल्लालाई कम्युनिष्टहरुको केन्द्रका रुपमा विकास गराउनका लागि क्रियाशिल युवा मानिन्थे । पार्टी र संगठनलाई अनुसाशित ढंगले सञ्चालन गरेमात्रै तोकिएको लक्ष्यमा पुग्नसक्ने बताउने उनी २०४३ सालमा जनपक्षीय उम्मेदवार बने । उनी २०५४ सालमा खोलागाउँ गाविस अध्यक्ष र जिल्ला विकास समितिको इलाका सदस्यहुँदै तत्कालिन नेकपा एमाले सिन्धुलीका जिल्ला अध्यक्ष बनेका थिए । विकासप्रेमी भनेर सिन्धुलीवासी जनताले चिन्ने गरेका उनी अहिले प्रदेशसभा सदस्य एवम् (दुई कम्युनिष्ट पार्टी नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि ) नेकपा सिन्धुलीका सचिव बनेका छन् । व्यक्ति भन्दा पनि सामूहिकतामा जोड दिने तिनै विकासप्रेमी नेता कटुवालसँग गरिएको अन्तरसम्वादको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छः सम्पादक
अहिलेको देशको राजनैतिक अबस्थालाई कसरी नियालीरहनु भएको छ ?
मुलुकको अहिलेको राजनीति अत्यन्त तरल अबस्थाबाट अगाडि बढिरहेकोमा अहिले केही आशाका संकेतहरु देखिएका छन् । बलियो र एकतावद्ध कम्युनिष्ट पार्टीको उदेश्य र आवश्यक्ता महशुस गरेरै दुई नेताहरुले पार्टी एकता गर्नुभयो । पार्टी सञ्चालनका विधीहरु तयार गर्नुभयो । मिलेर महाधिवेशनसम्म जाने सहमति गर्नुभयो । पार्टीको अन्तरिक बिधान बनाउनु भयो । उहाँहरु पार्टीको अन्तरिक विधान र सहमतिका आधारमा अगाडि बढिरहँदासम्म पार्टीमा कुनै पनि समस्याहरु थिएन । जब त्यसलाई तोडेर बहुमत र अल्पमतको आधारमा अगाडि बढ्ने, महाधिवेशनसम्म पनि नजाने, र सत्ता प्राप्तीका लागि जे खेलो फड्को भयो त्यसले केन्द्रदेखी जिल्ला तहसम्मै असर आइपुग्यो । तर त्यसलाई हामीले पुष्पलाल स्मृति दिवशसम्म आइपुग्दा केहीसदसम्म सङ्ल्याउने काम पनि ग¥यौं । त्यस बेला देखी हामीले कार्यकर्ताका बीचमा एक छौं र मिलेर जानुको बिकल्प पनि छैन भन्ने सन्देश प्रवाह गरेका छौं । अहिले मुलुकनैं कोरोना संक्रमणको त्रासमा छ । अनि कोहीपनि मानिसहरु घरबाट बाहिर निस्कने अबस्था भएन । त्यसले घोचपेच र फेसबुके प्रवृत्तिले पार्टी भित्रको राजनीतिलाई केही असजिलो पक्कै बनाएको छ । यि र यस्ता अनेक समस्याहरु आइरहन्छन्, त्यस बेला हामीले अभिभावकको भूमिका सही ढंगले निर्वाह गर्न सक्नुपर्छ । त्यो हाम्रो कर्तव्य पनि हो । सरकार र पार्टी राजनीतिका हिसावले पनि, हामी अभिभावक भएकाले हाम्रा हरेक गतिविधी सामुहिकतामा हुनै पर्छ प्रदीप कटुवाल एक्लै हिंड्न खोज्यो भने त समस्या आइहाल्छ नि ?
एकाध नेताहरुको अभिव्यक्ति सुन्दा पार्टीले महाधिवेशनसम्मका लागि तय गरेको जनताको जनवाद र थाँती राखिएको बहुदलिय जनवादकै बीचको टकरावले अहिले पार्टीमा समस्या आयो भनिंदैछ नि ?
अहिले हाम्रो पार्टीमा बाहिर प्रचार गरिए जस्तो विचार र दर्शनका सन्दर्भका कुनै मतभेदनैं छैन । केन्द्रका लिडरहरुमा देखिएको समस्या भनेको आत्मकेन्द्रित समस्यानैं हो । दुई पार्टीका बीचमा भएको एकता प्रक्रियापछि सहमतिका आधारमा बनेको राजनैतिक दस्तावेज जनताको जनवादनैं हो । मदन भण्डारीले प्रतिपादन गर्नुभएको बहुदलिय जनवादको पेरिफेरीमैं आएको जनताको जनवाद हो । दुई अध्यक्षका बीचको सहमति भङ्ग गरेर एक्लै हिंड्न खोज्ने, आफ्नो स्वार्थ पुरा गर्ने क्रममा भएका असमझदारीलाई राजनैतिक रङ् दिने कामहरु भएका हुन् । अहिले बैचारिक बहस भएकै छैनन् । तर के कुरा सत्य हो भने अहिलेको नेपाली कम्युनिष्ट आन्दोलन जनताको बहुदलिय जनवादकै वरिपरि घुमेको छ र त्यो भन्दा बाहिर जानै नसक्ने अबस्थामा पुगेको छ । त्यसैले पार्टी हेर्डक्वाटरले महाधिवेशनको टुंगो लगाइसकेकाले अबको केही समयपछि मात्रै बल्ल बिचारमा बहसहरु होलान् । तर अहिले आफ्नो स्वार्थका लागि बैचारिक कुरा अगाडि सार्नुमा कुनै तुक छैन ।
धमिलो बनेको पार्टी सङ्लो बन्दैछ त भन्नुभयो तर सिन्धुली नेकपा पार्टी एकताको स्पिरिट अनुसार अगाडि बढेको त देखिएन । साथै पूर्ववर्ती पार्टीका नाममा ध्रुकिरण बढेको र अन्तरविरोध झनै पेचिलो बन्दै गइरहेको देखियो नि ?
पार्टी एकतापछि प्रदेश कमिटीहरु बन्यो, त्यो प्रदेश कमिटीले स्पिड लिएन । त्यसपछि अष्टलक्ष्मी शाक्यको इन्चार्ज, नारायण दाहाल अध्यक्ष तथा आनन्द पोखरेल सचिव रहेको जुन प्रदेश कमिटी बन्यो त्यसले पार्टीका कामहरुमा गति लियो । साँच्चिकै भन्नु पर्छ, पार्टी एकताका कामहरु छिटो टुङ्ग्याउने भनेको सिन्धुली जिल्लानैं हो । हामीले सबैलाई मिलाएर लैजाने सवालमा अत्यन्तै राम्रो काम गरेका थियौं । पार्टी एकताको म्याण्डेट अनुसार सिन्धुली जिल्लामा जिल्ला कमिटी,सचिवालय, २ वटै नगर कमिटीमा पूर्व एमालेकै बहुमत छ । यसमा हामी दुवै पक्ष सहमत भएका गएका हौं । जो साथीहरु पार्टीको काममा जानु भएको छैन, उहाँहरुलाई अन्तरविरोध पेचिलो बनेको छ भन्ने लागेको होला । हामी फरक फरक पृष्ठभूमिबाट आएका मानिसहरु हौं । पार्टी भित्रको अन्तरविरोधलाई समाप्त गर्नुपर्छ भन्ने भन्दापनि त्यसलाई अझ झँग्याउनु पर्छ भन्ने साथीहरु बढी भए । अन्तरविरोधलाई त साँगुरो बनाउँदै लैजान सक्यौं हामी सफल भयौं, यसलाई अझ फराकिलो बनाउँदै लग्यौं भने समाप्त हुने हो । हामीहरु नेचर फराकिलो बनाउने भन्दा पनि साँगुरो बनाउने पुरानै रोगले ग्रसित छौं । जहाँसम्म अन्तरविरोध पेचिलो बन्यो भन्ने कुरा छ, मलाई हाम्रो जिल्लामा त्यस्तो लागेकै छैन । मेरो नेचर एउटा, अध्यक्ष राजनजीको प्रवृती अर्को बुझ्न सक्छन्, नेता केशव देवकोटाको अर्कै नेचर हुन सक्छ । त्यसैले सिन्धुली नेकपामा अन्तरविरोधै छैन । सिन्धुलीमा हामीले मिलेर काम गरेका छौं । एकताका केही काम मात्रै बाँकी छन् । अन्य जिल्लामा त जिल्ला कमिटीहरुनैं बनेका छैनन् । त्यसैले हामी बीचमा बुझाईमा मात्रै अस्पष्टता छ । कोरोना संक्रमणका कारणले पार्टी कमिटीका कामहरु, बैठकहरु भएका छैनन् त्यसैले पनि समस्या देखिए जस्तो लागेको हुनसक्छ ।
नेकपा सिन्धुलीमा देखिएको अन्तरविरोधको समाधान के हुन् सक्छ, बताइदिनुस् न ?
अन्तरविरोधका मुख्य विधी भनेको निरन्तर बहस, छलफलनैं मुख्य हो । सिन्धुलीमा जुलुस निकाल्ने र ननिकाल्ने भनेर युवा विद्यार्थीका बीचमा छलफल भए । तर मनैं जिल्लामा नभएका बेला यहाँ केही साथीहरुको सक्रियतामा जुलुसहरु निकालिए । त्यसले एकहदसम्म पार्टीलाई तरंगित बनाउने काम भयो । तर पुष्पलाल स्मृति दिवश मनाउने क्रममा बढेको दुरीलाई घटाउने काम ग¥यौं । समस्या आइसकेपछि त्यसको सामाधान एकै एक्सनले घट्छ । मुहानबाट नैं पानी धमिलो आएपछि तल त आइहाल्छ नि ? माथीका नेताहरुलाई पनि कति भन्ने ? देखिने गरि गुटबन्दी नगरौं भनेको भन्यै छु । समस्यालाई चाल्नाको पानी जसरी तल ल्याउँनैं नहुने ? अहिले तलसम्म पनि त्यही कुरा आयो । केन्द्रमा बनेको कार्यदलले सुझाव दिएपछि केन्द्रमा नेताहरु आपसमा मिल्न थालेको छन्, माथि मिलेपछि तल त मिलिहाल्छ नि ।
पार्टी सचिव प्रदीप कटुवालले पार्टीलाई विधी र पद्धति र एकताको म्याण्डेट अनुसार सञ्चालन गरेनन् । त्यही कारणले सिन्धुली नेकपामा समस्या आइरहेको हो भनेर आरोप लगाइरहेका छन् नि ?
त्यो आरोप लगाउने भनेका एकै ठाउँमा बस्ने, जीवनमा पार्टी काममा नजानेहरु, अर्काले काम गरेवापत पल्केर खान जानेकाहरुले अहिले प्रदिप कटुवालले पार्टीनैं सञ्चालन गर्न सकेन भनेर हिंडिरहेका छन् । आफैं मात्रै काम गरेर हिंड्यो, साथीभाइहरुसँग सोध खोज र सल्लाह गरेन भनेरत केही साथीहरुले भनेकै हुन् । कतिपय कुराहरु एक्सनमा जानुपर्ने हुन्छ, भ्याइँदा पनि भ्याईदैन । कहिले काँही फोन फानमा सहजता गर्नुपर्ने पनि हुनसक्छ । त्यो पाटोमा केही कमजोरी भएका पनि होलान् । हिजोको जस्तो रातभरी मिटिङ
राखेर गज्याङ गुजुङ गर्नुपर्ने अबस्था पनि अहिले छैन । कोरोना संक्रमणकै कारण जारी लकडाउनका बीचमा कमिटीका बैठकहरु भएका छैनन् । अहिले विधी पद्धिति व्लक भएका छन् । त्यसैले मैंले भन्नैपर्छ, म कम्युनिष्ट पार्टीको विघि, पद्धति र लेनिनवादी संगठन पद्धति भन्दा बाहिर गएर कुनै पनि कामहरु
गरेको छैन । म सामुहिकतामा विश्वास राख्ने मान्छे भएकाले पनि पार्टीलाई एकल ढंगले चलाउने भन्ने कुरा म कल्पना पनि गर्न सक्तिनँ ।
एकता प्रक्रियाका बाँकी कामहरु त्यसै छोडियो, अब ति कामहरु कहिले पुरा गर्नुहुन्छ ?
पार्टी एकताका धेरै कामहरु हामीले सकिसकेका छौं । एकता प्रक्रियाका सबै कामहरु तोकिएकै मितिमा सक्ने सिन्धुली जिल्ला पार्टी देशमैं पहिलो हुनुपर्छ । तर जनसंगठनका केही कामहरु बाँकी छन् । कर्मचारी, शिक्षक जस्ता संगठनको केही जटिलताहरु भएकाले ती कामहरु बाँकी भएका हुन् । हामी ती बाँकी कामहरु पनि छिट्टै पुरा गर्नेछौं ।
तपाई विकास प्रेमी नेता भनेर चिनिनुहुन्छ । समग्र सिन्धुलीको विकासका लागि के के काम
भइरहेकाछन् ?

हामीले सिंगो कमलाखोंच क्षेत्रलाई एउटा करिडोरको रुपमा विकास गरिरहेका छौं । तीनपाटन फाँटको गुरुयोजना बनेर त्यस क्षेत्रको विकासका संभाव्यता अध्ययन र चँदाहा नदी नियन्त्रण र उपयोगको नीतिलाई एकै साथ अगाडि बढाएका छौं । मरिण क्षेत्रमा नदी नियन्त्रण लागि सुनकोशी मरिण डाइभर्सनको काम थालनी भइसकेको छ । यी सबैकुरा पुरा गराउनका लागि सबैको साथ र सहयोग जरुरी छ । केन्द्र सरकारले सिन्धुली जिल्लाको विकासका निम्ती विषेश ध्यान दिएको र त्यसमा पनि पार्टी अध्यक्ष एव् प्रधानमन्त्री ओली विकास प्रेमी नेता भएकाले पनि अहिले देभैभर दिर्घकालिन महत्वका गौरवशाली योजनाहरु अगाडि बढिरहेका छन् । कृषि, शिक्षा, स्वास्थ्य समाजवादी यात्राका पूर्वाधार हुन् । सरकारले यो गरेन त्यो गरेन भनेर भन्ने भन्दा पनि आफ्नो तर्फबाट स्थानीय सत्ता सञ्चालन गर्ने साथीहरुले समाजवाद तर्फ केन्द्रीत गरेर विकासका योजनाहरु अगाडि बढाउनु पर्छ । अहिले वेरोजगार युवाहरुलाई रोजगारी दिनका निम्ती वा
स्वरोजगार बन्नका लागि हामीले निव्र्याजी रकम दिलाउनका लागि ३ अर्व रुपैयाँको कोष खडा गरेका छौं । बागमती प्रदेश सरकारले त्यसको प्रक्रिया अगाडि बढाइसकेको छ । कामको प्रकृति अनुसार युवाहरुको व्यवसायिक योजनामा सो रकम लगानी हुन्छ । स्थानीय निकायले पनि रोजगारी सिर्जनाका कामहरु ल्याएका छन् । कमलामाई नगरपालिकले युवा स्वरोजगार कार्यक्रम भनेर १ करोड रकमनैं छुट्याएको छ । त्यसैले हामी कम्युनिष्टहरु हौं र समाजवादी यात्राका सम्वाहक पनि । त्यसैले पनि हामी अन्य दलभन्दा फरक हुनै पर्छ र हाम्रा हरेक गतिविधी जनपक्षीय बन्नैपर्छ ।
तपाईले यी सबै कुरा गरिरहँदा स्थानीय निकायलाई जिल्ला पार्टीले सहयोगै गरेन । पार्टीका नेता कार्यकर्ता आलोचना गर्नमैं लल्लिन रहे भनेर आरोप लाग्ने गरेको छ नि ?
हामीले स्थानीय तहलाई सम्बन्धित पार्टी कमिटीले गाइड गर्ने भन्यौं । गाउँपालिका र नगरपालिका कमिटीहरुको बैठक पनि बसे । त्यो मार्फत स्थानीय सरकार सञ्चालन गर्ने भन्नेनैं हो । पार्टी र स्थानीय सरकारका बीच समन्वय भएन भनेर बहुप्रचारित गरियो । गाउँपालिका र नगरपालिका सञ्चालन गर्नेले पार्टीलाई टेरेन भनेर गलत प्रचार गरियो । उनीहरु पनि पार्टीकै मान्छे हुन् नि ? तपाईले भनेजस्तो खाडल नहुनु पर्ने हो । यदी कहिं कतै पार्टी र स्थानीय सरकारका बीचमा खाडल छन् भने त्यसलाई विस्तारै पुर्नु पर्छ । पार्टीले जनप्रतिनिधी कमजोर देख्ने र जनप्रतिनिधीले पार्टी कमजोर देख्ने र आलोचना गर्ने यो आम प्रवृत्ति हो । यो सामाजिक चरित्रको प्रतिबिम्ब पनि हो । तर पार्टीले नियन्त्रणनैं नगरेको जनप्रतिनिधीनैं छैन र पार्टीको कुरा नमान्ने जनप्रतिनिधी पनि छैनन् ।

सिन्धुलीमा आइसोलेसन निर्माणको काम तिब्र गतिमा अगाडि बढिरहेको छ । सबैको सहयोग पनि निरन्तर छ । तर आइसोलेसन निर्माणको जस लिन नेताहरुका बीचमा होडबाजीनैं चलेको देखियो, अब बताईदिनुस यस्तो भइरहेको छ ?
सही सूचना प्रवाह नगर्दा आइसोलेसन निर्माणका सन्दर्भमा आलोचनाका स्वरहरु सुनियो । यदी बेलैमा सही सूचना प्रवाह भएको भए त्यस्तो अबस्थै आउने थिएन । सिन्धुलीमा ५० वेडको आइसोलेसन आवश्यक्ताले माग्यो । जव सिन्धुलीमा कोभिड १९ संक्रमणका बिरामीहरु बढ्दै गए । उनीहरुलाई राख्नका लागि अस्पतालको बेड कम छ । आगामी दिनका लागि सय शैथ्याको भनेपनि बेडहरु छैनन् । १५ वेडको अस्पताल अहिले ३० वेड मात्रै भएपछि हामीलाई आइसोलेसन चाहियो । केन्द्र सरकारले तत्कालै जिल्ला जिल्लामा आइसोलेसन निर्माण गर्नुस् भनेर प्रदेश सरकारलाई निर्देशन दिएपछि प्रदेश बाग्मती प्रदेश सरकारले हामीलाई तत्कालै सिन्धुलीमा ५० वेडको आइसोलेसन बनाउनुस् भनेर निर्देशन दियो । सँगसँगै हामीलाई पिसिआर मेसिन चाहिएको थियो । छिटो राख्ने ठाउँ तयार गर्नुस् हामी पिसिआर जाँच्ने मेसिन पनि दिन्छौं भनेर प्रदेश सरकारले भन्यो । हामी सबै मिलेर शिनवगरमा ठाउँ हेरेपछि ३ करोडको योजना बनाएर प्रदेशमा लगेपनि त्यत्रो पैसा लाग्दैन भनेर सामाजिक विकास मन्त्रालयले ९७ लाख रुपैयाँ उपलव्ध गराएको छ । कमलामाई नगरपालिकाले प्राविधिक सहयोग गर्ने, जेसिभी, ट्याङ्कर, ट्रिपर र पहिलो पटक टोकन मनीका रुपमा ३ लाख उपलव्ध गराएर कामको थालनी गराएको थियो । अहिले सबै गाउँपालिकाहरुले ५ लाख रुपैयाँ, उद्योगी, निर्माण व्यवसायी, समाजसेवी सबै राजनैतिक दल लगायतले सहयोग गरेका छन् । हामीले तोकिए भन्दा कम खर्चमा आइसोलेसन बनाउने काम गरिरहेका छौं । यो कसैको एकल प्रयासबाट भएको होइन, सबैको साझा प्रयासबाट अगाडि बढेको छ । केही गलत मानसिकता बोकेकाहरुले त्यसलाई असफल पारौं, विचैमा रोकियोस् भन्ने मानसिकताले त्यसप्रकारका अफवाहहरु फैलाएका वा प्रचारवाजी गरेका हुनसक्छन् ।
तपाई पार्टीको जिल्ला सचिव, अब यो बताईदिनुस्कि सुनकोशी घटना के हो ?
सुरुमा हामीलाई सुनकोशीमा यस्तो भयो वा यस्तो हुँदैछ भन्ने कुरा हामीलाई जानकारीनैं भएन । जिल्ला पार्टीलाई सोधेर गिट्टी बालुवाको ठेक्का लगाएको पनि होइन । ठेक्काकैं कारणले व्यवसायीहरुका बीचमा बिवाद चलेको रहेछ । पछि कांग्रेस पार्टीको नामबाट विज्ञप्ती आयो ।, त्यसै दिन नेकपाकै विज्ञप्ती देखियो । त्यसको भोलिपल्ट पार्टी कमिटीको बहुमत भनेर सदस्यको नाममा बिज्ञप्ती आयो । सुनकोशीमा शैलिगत कुराहरु अस्वस्थ भएका हुन् । विधि र पद्धतिमा नहिंड्दाको, फुट र विभाजनको रियाक्सन पनि हो सुनकोशी घटना । यो घटना निर्मुल हुँदैन तर निरुपण गर्नुपर्छ । साथीहरुका बीचमा झाँगिएको समस्यालाई समाधान गर्नुपर्छ । दुबै पक्षले उजुर बाजुर गरेका थिए, हामीले त्यसलाई मिलाई सकेका छौं । प्रहरीकहाँ गएर दुवै पक्षले उजुरी फिर्ता लिनुभएको छ । अब सुनकोशीमा मन मिलाउन बाँकी छ, त्यो काममा हामी लाग्नेछौं ।
अन्त्यमा तपाई पार्टी कार्यकर्ता एवम् सम्पूर्ण जिल्लावासीलाई के सन्देश दिन चाहानुहुन्छ ?
सबै मानिसहरु कम्युनिष्ट पार्टीको आस्था, विश्वास र आचारण अनुसार चल्नुपर्छ । कम्युनिष्ट पार्टीको नेतृत्वका हिसावले हामीले सिंगो सिन्धुलीवासीलाई केही गर्न सक्छन् भन्ने आश दिलाएका छौं । हामी त्यो आस्था र विश्वासलाई कहिल्यै पनि मर्न दिने छैनौं । तपाईको मिडिया मार्फत म के भन्न चाहान्छु भने हामीले जे काम गरेका छौं, त्यसको सही सन्देश दिनुपर्छ । सही सूचना प्रवाह भएन भने त्यसले समस्या ल्याउने रहेछ भन्ने कुरा आइसोलेसन निर्माणका क्रममा पनि देखियो । त्यसैले विकास निर्माणमा होस् वा पार्टीका काममा हामीले सही सन्देश प्रवाह गरौं । सबैको सहयोग र सहकार्य स्वीकार गरौं, कही कतै समस्या आउँदैन । हामी कोरोना संक्रमणमा छौं, त्यसैले उच्च मनोबलका साथ आफ्ना कामहरु अगाडि बढाऔं, व्यक्तिगत दुरी कायम गरौं, स्वास्थ्यका न्यूनतम् मापदण्डहरु ख्याल गरौं । हाम्रा प्रधानमन्त्रीले भन्नु भएजस्तै प्राकृतिक औषधोपचारका विधीहरु प्रयोगमा ल्याऔं । भावानत्मक सम्बन्ध कायम गरौं । हामी बीचमा झाँगिएको संर्किणता हटाउँदै सहमति, सहकार्य र एकतालाई आत्मसात गरौं भन्न चाहान्छु ।

आजको सन्देश जनप्रिय साप्ताहिकले यो अन्र्तवार्तालाई प्रमुखताका साथ प्रकाशन गरेको छ ।