सिन्धुलीका २३ वर्षिय युवामा कोरोना संक्रमण पुष्टि

कोरोना परिक्षण ल्याव, नेपालगञ्ज , फोटोः प्रदेशखवर

सिन्धुलीमा एकजनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
कमलामाई नगरपालिका वडा नं. १४ स्थित चन्दनपुर माविको क्वारेन्टाइनमा बसेका २३ वर्षिय युवामा संक्रमण पुष्टि हो । पुष्टि भएका संक्रमित व्यक्ति १८ दिन अगाडि भारतको राँचीबाट आएका थिए । सो क्वारेन्टाइनमा बसेका उनी सहित जिल्लाका ६९ जनाको पिसिआर रिपोर्ट आएको छ । पहिले ५१ जना र पछि ७१ जना गरि १२२ जनाको नमुना पठाईएकोमा ६९ जनाको परिक्षण सकिएको जनाइएको छ । ती नमुना पठाइएको मध्ये ६८ जनाको नतिजा नेगेटिभ आएको छ ।

Image may contain: one or more people, shoes and outdoor

रानिवासको चन्दनपुर माविमा स्वाब संकलनगर्दै स्वास्थ्यकर्मी । स्वाब संकलन गरिएका उनीहरु भारतको झारखण्ड, राँची, उत्तराखण्ड, युपी लगायतका ठाउँबाट आएका छन् । फोटोः प्रदेशखवर

संक्रमितलाई सिन्धुली अस्पतालको आईसोलेसनमा ल्याउने तयारी भईरहेको कमलामाई नगरपालिकाका नगरप्रमुख खड्गवहादुर खत्रीले जानकारी दिए । संक्रमितमा भने कोरोनाको कुनै लक्षण देखिएको छैन । सिन्धुलीमा देखिएको संक्रमण पहिलो चरणको रहेको स्वास्थ्यकर्मीले जानकारी दिए । यसअघि सिन्धुली घर भई काठमान्डौमा बसोवार गने २७ वर्षिय महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।