चार अमेरिकी प्रहरी अधिकारीमाथि गोली प्रहार

अमेरिकामा जारी प्रदर्शनका क्रममा अमेरिकी प्रहरीमाथि गोली प्रहार गरिएको छ ।

सेन्ट लुइसमा भएको गोली प्रहारबाट प्रहरीहरू घाइते भएका छन् ।

चार जना घाइते प्रहरीलाई अस्पतालमा लगिएको  प्रहरी विभागले जनाएको छ ।

प्रहरीले घाँटी थिचेर एक अश्वेत अमेरिकी जर्ज फ्लोडको हत्या गरेपछि भड्केको प्रदशर्नको क्रममा यो गोली प्रहार भएको हो ।

यसअघि  अमेरिकाको राजधानी वांसिटन डिसीस्थित अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस नजिक रहेको ऐतिहासिक धरोहर सेन्ट जोन्स चर्चमा प्रदर्शनकारीहरूले आगो लगाएका थिए । वासिंटनस्थित यो चर्च ह्वाइट हाउसबाट ३सय मिटर मात्र टाढा रहेको छ ।

यो चर्च दुई शताब्दी अघि निर्माण गरिएको थियो ।