राहत सामाग्रीमा गुणस्तर र परिमाणमा कमजोरी छैन, राजनैतिक पूर्वाग्रहमा गलत हल्ला चलाईयोः कमलामाई नगरपालिका

सिन्धुलीको कमलामाई नगरपालिकाले कोरोना संक्रमणका बेला वितरण गरिएको खाद्य सामाग्रीमा तौल तथा गुणस्तरमा कुनै पनि कमी नरहेको प्रष्ट पारेको छ । आज बिहान नगरपालिकामा आयोजित संवाददाता सम्मेलनमा नगरप्रमुख खड्गवहादुर खत्रीले व्यक्तिगत कुष्ठा र दरिद्र मानसिकताका कारण केही व्यक्तिले गलत अफबाह फैलाएको भएपनि स्थानीय प्रशासन, खाद्य कार्यालयका प्रतिनिधी र जनप्रतिनिधीले शिल गरिएका खाद्य सामाग्रीको तौल र गुणस्तरचेकजाँच गर्दा गलत नभेटिएको बताउनुभयो ।
उनले राहत गोदाम गरिएका स्थानलाई स्थानीय प्रशासनले शिल गरेर परिमाण र त्यसको गुणस्तर जाँच गर्दा कुनै पनि कमजोरी नपाइएको उल्लेखगर्दे कोरोना संक्रमणका बेला सर्वसाधारणलाई सहयोग गर्नुपर्ने अबस्थामा आतंकित बनाएर राजनैतिक पूर्वाग्रह साँध्न खोजिएको उल्लेख गर्नुभयो ।
हामीले बितरण गरेका खाद्य सामाग्री सिन्धुली जिल्लाभरीमैं सबैभन्दा सस्तो र गुणस्तरिय छ, यदी काँही कतै गलत र कमजोरी गरिएका भए जानकारी दिनुस् हामी सम्बन्धित सप्लायर्सलाई कारबाही गर्छौ, नगरप्रमुख खड्गवहादुर खत्रीले भन्नुभयो ।

संवाददाताहरुलाई वितरण गरिएको प्रेस नोटमा कानूनी र टेण्डर प्रक्रिया पुरा गरेर सबैभन्दा कम दररेटमा नगरपालिकाले खाद्य सामाग्रीहरु बितरण गरेको र आयो नून प्रतिकेजी १५ रुपैयाँ मात्रै परेको जनाइएको छ ।