संसद्‌मा अर्थमन्त्रीले सुरु गरे बजेट भाषण

आगामी आर्थिक वर्षका लागि संसदमा केहीबेरमा बजेट प्रस्तुत सुरु भएको छ। मन्त्रिपरिषद्ले स्वीकृत गरेको बजेटलाई अर्थमन्त्री युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गरिरहेका छन्।

स्रोतका अुसार सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि सरकारले झण्डै १६ खर्ब बराबरको बजेट स्वीकृत गरेको छ।

आगामी वर्षको बजेटमा स्वास्थ्य क्षेत्र र रोजगारी सिर्जनामा केन्द्रित हुने सरकारले जेठ २ गते संसदमा पेश गरेको नीति तथा कार्यक्रममा उल्लेख छ। त्यही नीति तथा कार्यक्रमलाई आधार बनाएर सरकारले बजेट प्रस्तुत गर्न लागेको हो।

बजेट भाषणा सुन्न संसद भवन नयाँ बानेश्वरमा सांसदहरु उपस्थित भइसकेका छन्।