नेपालमा कोरोना संक्रमितको संख्या ४४४ पुग्यो, ४५ जना निको भएर घर फर्किए

नेपालका कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४४४ पुगेको छ।

वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा भएको परीक्षणमा थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा संक्रमितको संख्या ४४४ पुगेको हो ।

नयाँ संक्रमित हुनेमा झापामो कचनकलव गाँउपालिका–३, ६ र ८ का १८, १९, २३ र २६ वर्षका दुई–दुईजना, २५, २८, ३०, ३२, ३७ र ४६ वर्षका पुरुष रहेका छन् ।

यस्तै धनकुटाका ३४ वर्षका पुरुष र सुनसरीको धरान उपमहानगरपालिका निवासी ५१ वर्षीया महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले बताएका छन् ।

संक्रमण पुष्टि भएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र सबै स्वाथ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म दुईजनाको मृत्यु भएको छ भने ४५ जना निको भएर घर फर्किएका छन्।