स्वाबलम्बी राष्ट्रिय अर्थतन्त्रको निर्माण र रोजगारी सिर्जना नगरे मजदुर वर्गमा संकट गहिरिनेः पूर्व श्रममन्त्री विष्ट

पूर्व श्रम मन्त्री एवम् नेकपामा लोकप्रीय युवा नेता गोकर्ण विष्टले स्वाबलम्बी राष्ट्रिय अर्थतन्त्रको निर्माण र रोजगारी सिर्जनाको अवसरको रूपमा बदल्न नसके मदजुरहरुका समस्या गहिरिने बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको सन्दर्भमा पूर्व मन्त्री विष्टले सामाजिक सञ्जाल मार्फत मजदुर वर्गको समस्या समाधान, सुनवाई र सम्बन्धित निकायको ध्यानाकर्षणको लागि श्रमजीवी दाजुभाई दिदिबहिनीहरुमा बलियो एकता र तत्परता आवश्यक भएको बताए ।

Gokarna Bista

1 hr · 

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, श्रमिकहरूको विजय गौरवको दिन ।

तर यति बेला-

कोरोना भाइरसको विश्वव्यापी असरका कारण देशभित्र र बाहिर रहेका नेपाली श्रमिकहरूको रोजगारी र सुविधामा कटौती हुने, खान नपाएर श्रमिक र उनका परिवारको जीवन जोखिममा पर्ने जस्ता समस्याहरू देखिँदैछन् । यो संकटलाई स्वाभलम्बी राष्ट्रिय अर्थतन्त्रको निर्माण र रोजगारी सिर्जनाको अवसरको रूपमा बदल्ने सम्भावना पनि छ । यसर्थ, समस्याहरूको समाधान, सुनवाई र सम्बन्धित निकायको ध्यानाकर्षणको लागि श्रमजीवी दाजुभाई-दिदिबहिनीहरुमा बलियो एकता र तत्परता आवश्यक छ । यसका लागि सजग बनौँ, श्रमिक दिवसको शुभकामना ।