कमलामाई नगर कार्यपालिकामा एमालेको दुईतिहाई बहुमत

स्थानीय तह निर्वाचन–२०७९ को निर्वाचनबाट नेकपा(एमाले) सिन्धुलीले कमलामाई नगर कार्यपालिकामा दुई तिहाई बहुमत पु¥याएको छ । बैशाख ३० गते सम्पनन् निर्वाचन मार्फत उपमेयर र ७ वडा अध्यक्ष सहित बिजय प्राप्त गरेको एमालेले २०७९ जेष्ठ १७ गते सम्पन्न कार्यपालिका सदस्य निर्वाचनमा महिला तर्फ ५ र दलित वा अल्पसंख्यक तर्फका ३ सिटमा जित हासीले गरेको छ ।


जम्मा २४ सदस्य कार्यपालिका रहने नगरपालिकामा एमालेको तर्फबाट १६ सदस्य पुगेको छ भने नेपाली काग्रेस ६ तथा नेकपा(माओवादी) केन्द्र २ सदस्यमा खुम्चीएको छ । गठबन्धन गरेर निर्वाचनमा होमिएका तीन दलहरुले नगर कार्यपालिकामा बहुमत पु¥याउन सकेका छैनन् भने एमाले एक्लै दुई तिहाई बहुमतमा पुगेको छ ।


एमालेबाट कार्यपालिकामा उपमेयर मन्जु देवकोटा, वडा अध्यक्षहरु खड्ग चौलागाई, कर्ण घिसिङ्ग, कमल कुमार श्रेष्ठ, राम बहादुर थिङ्ग, भिम बहादुर मगर, केशर बहादुर कार्की र राजन न्यौपाने छन भने महिला तर्फबाट जमुना कुमारी श्रेष्ठ, देवी देवकोटा, उमा विश्वकर्मा, धन कुमारी श्रेष्ठ र शिवमायाँ रायमाझी निर्वाचित भएका छन । त्यस्तै दलित वा अल्पसंख्यकको तर्फबाट राजन बहादुर भुजेल, भद्रीमायाँ हायू र मान बहादुर दमै कार्यपालिका सदस्यमा निर्वाचित भएका छन ।


त्यस्तै गठबन्धन दलको तर्फबाट नेपाली काग्रेसबाट मेयर उपेन्द्र कुमार पोखरेल, वडा अध्यक्षहरु पूर्ण बहादुर खड्का, उज्जवल कुमार थापा, नरेश गोले र बिनोद प्रधान छन । त्यस्तै माओबादी केन्द्रको तर्फबाट वडा अध्यक्षहरु इन्द्र वाईबा र दिप बहादुर कार्की रहेका छन ।