नेपालमा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला

नेपालमा पनि कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । दुई जनामा जिन स्विकोन्स गर्दा ओमिक्रोन भेरिएन्ट देखिएको आज पुष्टि गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दक्षिण अफ्रिकाबाट आएका दुई जनामा संक्रमण भएको पुष्टि गरेको छ । ६६ वर्षीय विदेशी नागरिक र उहाँको सम्पर्कमा आउनुभएको ७१ वर्षीय व्यक्तिमा ओमिक्रोन भेरियन्ट देखिएको हो । उहाँहरु दुवैले कोरोनाभाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएको र पीसीआर रिपोर्ट नेगेटिभसहित नेपाल प्रवेश गरेको पनि मन्त्रालयले जनाएको छ ।
ओमिक्रोन सङ्क्रमित दुवै जना अस्पतालको आइसोलेसन कक्षमा उपचाररत हुनुहुन्छ भने उहाँहरुमा गम्भीर लक्षण नदेखिएको मन्त्रालयले जनाएको छ । उहाँहरुसँग सम्पर्कमा आएका सबैको कन्ट्याक्ट ट्रेसिङ गरिएको पनि मन्त्रालयले जानकारी दिएको छ ।