चाडवाडमा उदासिन स्थानीय सरकारः कतै मर्मतभयो तर गाडी चल्दैन, कतै सडक मर्मतै नहुँदा समस्या

कतै सडक मर्मत भयो तर गाडी नचल्ने , कतै सडक मर्मत नहुँदा समस्या चिसापानी -डकाहा-नवलपुर सडकखण्ड अन्तर्गत तीनपाटन गाउँपलिकामा पर्ने पाख्रेपानी देखि चकमके सम्मको सडक मर्मत त भयो तर गाडी नचलेपछि वडादशैं मनाउन आएकाहरुले हैरानी व्यहोरेकाछन् ।

अघिल्ला बर्षहरुमा भने सडक मर्मत भएपछी बोलेरोहरु दसैं तिहारको बेला सहजै रुपमा आवतजावत गरेपनि यस वर्षको दशैंमा भने बाटो मर्मत राम्रो संग नहुंदा आवतजावत गर्न नसिकने अबस्था आएको बोलेरो चालक सिंहबहादुर योन्जनले बताए , उनी भन्छ्न- मोटरसाइकल चैं ज्यानको मायाँ नगरी जांदा लान सकिन्छ अरु सवारीसाधन भने आवतजावत गर्न सकिँदैन । बाटोमा सवारी साधन केही पनि नचल्ने भएपछी दशै तिहार मनाउन सहरबाट गाउँ फर्कियकाहरु डकाहा देखि ४ घण्टा हिँडेर पैदल यात्रा गरेर चकमकेसम्म हिंड्नु परेको सर्बसाधारणहरुको गुनासो छ ।

No description available.
फोटोः बरुण घिमिरे, चकमके, सिन्धुली

त्यस्तै सोहि सडक खण्डको तीनपाटन गाउँपालिका वडा नम्बर १० को लंगुरखोला देखि बाङ्गरिङसम्म गत बर्ष टेन्डर मार्फत स्तरोन्नति भएको सडकको बाङ्गरिङको उकालोमा मोड परिबर्तन गरि नयाँ सडक खनियकोमा ट्र्याक परिबर्तन गरिएको सडक पैसा काम मात्रै भएको पुष्टि भएको छ। अहिले सडक परिबर्तन गरिएको ठाउँको नयाँ सडक मर्मत पनि गरिएको छैन पुरानै ठाउँबाट सडक मर्मत गरि सडक संचालनमा ल्याइएको छ । नयाँ सडक प्रयोग बिहिन भएको छ। त्यस्तै गाउँपालिका भित्र पर्ने साखा रोडहरु समयमै सफा नगर्दा गाउँपालिकाका अधिकांस सर्बसाधारण जनताले दुख पाएका छन । दशैंसम्म पनि गाउँ जाने सडक सफा नभए पछि हिंडेरै आवतजावत गर्नु परेको तीनपाटन ५ का दिलबहादुर लामिछानेको गुनासो छ ।

No description available.