सेवाग्राहीलाई खुशी बनाएर छिटो छरितो काम सम्पन्न गर्न मालपोतका कर्मचारीलाई महानिर्देशक पौडेलको निर्देशन

भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक शेषनारायण पौडेलले कार्यक्षेत्रमा निर्धक्क भएर काम गर्न मालपोत कार्यालय सिन्धुलीका कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । नेपालको जग्गा प्रशासनलाई डिजिटलाइजेशन गर्ने उदेश्यले मालपोत कार्यालय सिन्धुलीमा भू–सेवा केन्द्रको शुभारम्भगर्दे महानिर्देशक पौडेलले यस्तो कुरा बताउनु भएको हो । मालपोत कार्यालय सिन्धुलीद्धारा आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै उहाँले इमान्दार भएर जनताको पक्षमा काम गर्न निर्देशन दिंदै काम गराईका क्रममा कुनै समस्या आइपरे आफुहरुले साथ दिने बताउनुभयो । उहाँले विगतमा जस्तो मालपोत कार्यालयमा अहिले अनियमितताका विवरणहरु नआएको र अख्तियारमा पनि उजुरी नपरेको बताउँदै उहाँले सेवाग्राही नागरिकहरुलाई खुशी बनाएर छिटो छरितो काम सम्पन्न गरेर पठाउन मातहतका निकायहरुलाई निर्देशन दिनुभयो ।

No description available.
भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक शेषनारायण पौडेल

उहाँले अगाडि भन्नुभयोः मातपोतका हामी कर्मचारीहरुलाई यदी कसैले बचाउँछ भने त्यो अहिले हामीले प्रयोगमा ल्याएको प्रविधीले मात्रै हो । विगतमा हामीहरुमाथि धेरै मुद्धाहरु लागेका थिए, हामीले हातले काम गरेका थियौं, तर यो एक वर्षको अबधीमा हाम्रा कुनै पनि कर्मचारीहरुमाथि कसैले मुद्धा दर्ता गरेका छैनन र अख्तियारको टोलीले समातेको पनि छैन । त्यसैले प्रविधीलाई विश्वास गर्नुस् र सिस्टममा बसेर काम गर्नुस् कुनै पनि समस्या आउनेछैन । अब मालपोत कार्यालय मात्रै प्रविधीमा होइन, लेखापढी व्यवसायी र सेवाग्राही पनि प्रविधी मैंत्री बन्न जरुरी भएको बताउँदै महानिर्देशक पौडेलले भन्नुभयोः आजका मितिदेखी तपाईहरु लेखापढी व्यवसायी होइन, मालपोतका कर्मचारीहरु हो, त्यसैले तपाईहरुको एउटै पोशाक र ड्रेस कोड बनाउनुस्, तपाईहरुलाई कार्यालय प्रमुखले सहयोग गर्नुहुनेछ । ड्रेस र परिचयपत्रसहित तपाईहरुले काम गर्नुभयो र काम गरेको पारिश्रमिक पनि निर्धारण गर्नुभयो भने सेवाग्राहीहरु नठगिने उहाँको भनाई थियो ।

No description available.
कार्यक्रम सञ्जालनगर्दै मालपोत कार्यालय सिन्धुलीका सूचना अधिकारी पुरुषोत्तम दाहाल

मालपोत कार्यालय सिन्धुलीका प्रमुख निलराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा विभागका निर्देशक गुरुदत्त सुवेदी, विष्णुकुमार महत, जिल्ला समन्वय समिति सिन्धुलीका डिकवहादुर कार्कीलगायतले सम्वोधन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन मालपोत कार्यालय सिन्धुलीका सुचना अधिकारी पुरुषोत्तम दाहालले गर्नुभएको थियो । कार्यक्रमको समापनमा प्रमुख अतिथी पौडेललाई मायाँको चिनो प्रदान गरिएको थियो ।

No description available.
विभागका निर्देशक गुरुदत्त सुवेदी

No description available.
मायाँको चिनो हस्तान्तरणगर्दै मालपोत कार्यालय सिन्धुलीका प्रमुख निलराज पौडेल
May be an image of 4 people, people sitting and people standing