एक साताभित्रै एमाले एकता टुंगिने प्रदीप ज्ञवालीको ठोकुवा

नेकपा एमालेका सचिव तथा प्रवक्ता प्रदीप ज्ञवालीले एक साताभित्रै पार्टी एकताको टुंगो लाग्ने प्रष्ट पार्नुभएको छ ।
आज पाल्पामा पार्टी अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै नेता ज्ञवालीले कार्यदलले तयार पारेको १० बुँदे सहमतिका आधारमा रहेर एकता अघि बढ्ने बताउनुभएको हो ।

‘माधव कमरेडलगायतका साथीहरू तत्काल नआए पार्टी एकताको ढोका खुला राख्दै अघि बढ्छौँ, जुन दिन पाटीमा फर्किनुहुन्छ सोही दिन पुरानै जिम्मेवारी दिइन्छ । तर, अब कुरेर बस्ने स्थिति छैन,’ ज्ञवालीले भन्नुभयो ।

विपक्ष दलको नेतालाई सरकार बनाउँदासम्म पनि पार्टी एकता जोगाउन पार्टी अध्यक्ष केपी शर्मा ओलीले भूमिका खेले पनि एकतामा नआउनु भनेको एकता नचाहेको अर्थ बुझिने ज्ञवालीको भनाई छ ।